रोल्पामा जिप दुर्घटना, नौ जना घाइते; सहचालकको अवस्था गम्भीर

by समतल अनलाइन
25Shares

रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये सहचालक चित्रराम वलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गंगादेव गाउँपालिका–१ भुर्तिबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेको हो। २२ वर्षीय दिलकुमार वलीले चलाएको उक्त जिपमा चालकसहित १० जना सवार थिए।

दुर्घटनामा धर्मराज डाँगी, सुपुरी डाँगी, पलबहादुर घर्तीमगर, मनिका डाँगी, उनका चार वर्षीय छोरा प्रदीप डाँगी तथा अन्य तीन जना घाइते भएका छन्। सबै घाइतेको जुगार स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर रिफर गरिएको छ।

दुर्घटनापछि प्रहरीले चालक दिलकुमार वलीलाई नियन्त्रणमा लिएर घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

You may also like