कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

by समतल अनलाइन
49Shares

काठमाडौँ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको पार्टी कार्यालयका कार्यवाह मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

नेता श्रेष्ठको ७९ वर्षको उमेरमा हिजो (मंगलबार) ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

कार्यवाहक मुख्य सचिव दुलालका अनुसार वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने र सो पश्चात पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

You may also like

This will close in 0 seconds