सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

by समतल अनलाइन
36Shares

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको उल्लेख गर्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीलाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने उनको भनाइ छ ।

नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै प्रधानमन्त्रीले सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न आह्वान गरेका छन् ।

You may also like

This will close in 0 seconds