विश्वकप लिग-२ को सिरिजमा नेपाल लगातार तेस्रो खेलमा पराजित

by समतल अनलाइन
38Shares

काठमाडौं । आइसीसी विश्वकप लिग २ को जारी सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो ।

नामिबियाले दिएको २१२ रनको लक्ष्य पछाएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्रै बनाए पछि खेल ३ रनले हारेको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४५ रन बनाए भने कुशल भुर्तेलले ३४ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ४१ रन र आरिफ सेखले ३८ तथास गुलशन झाले १९ रन बनाएका थिए ।

नामिबियाको लागि बलिङतर्फ ज्याक ब्रासेलले सर्वाधिक ३ विकेट लिए ।रुबेन ट्रम्पलमेनले २ विकेट लिए।

टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाउदै २११ रन बनाएको थियो । नामिबियाका लागि जान फ्राइलिंकले शतकीय पारी खेलेका थिए । उनले १४९ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी लोउरेन स्टीनकाम्पले ५९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ५ विकेट लिएका थिए । योसँगै करणले एकदिवसीय क्रिकेटमा आफ्नो १०० विकेट पुरा गरेका छन् । करणले ७२ खेलमा कुल १०३ विकेट लिएका छन् । उनी नेपालमा सय विकेट लिए सन्दीप लामिछानेपछि दोस्रो खेलाडी हुन् । सन्दीपले १५४ विकेट लिएका छन् ।

यो जितपछि नामिबिया ३१ खेलमा २६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ र नेपालको ३१ खेलमा २४ अंकसहित छैटौं स्थानमा झरेको छ । नेपालले सिरिजको अर्को खेल भोली नेदरल्याण्डससँग खेल्ने तालिका छ ।

You may also like

This will close in 0 seconds