36
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यका र कोशी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने गण्डकी र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ९६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १२ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा १५ जना, सुदूरपश्चिममा १६ जना, गण्डकीमा ३ जना र कर्णालीमा ४ घाइते भएका छन् ।

