35
गुल्मी। गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरको गुल्मी खण्डमा बिहीबार सडकमाथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोका कारण उक्त सडकखण्ड भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधन रोकिएका छन्। सडक अवरुद्ध भएपछि यात्रु तथा स्थानीयवासी प्रभावित भएका छन्।
सडक खुलाउने उद्देश्यले सम्बन्धित निकायले डोजर तथा आवश्यक जनशक्ति परिचालन गरी पहिरो पन्छाउने कार्य गरिरहेको छ। पहिरो हटाउने काम जारी रहेकाले सडक छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
वर्षायामका कारण यस क्षेत्रमा पहिरोको जोखिम बढेकाले कालीगण्डकी करिडोरको गुल्मी खण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

