69
बुटवल।रुपन्देहीको सैनामैना नगरपालिका–१, बनकट्टाबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रन्यौराबाट प्रहरी निरीक्षक प्रल्हाद के.सी.को नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गरेको कारबाहीका क्रममा १० पुरिया ब्राउन सुगर बरामद गरेको हो। बरामद लागूऔषधको तौल ३.२८ ग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सैनामैना–१ का ३४ वर्षीय जेसिस सिंजाली र २५ वर्षीय योञ्जन राना रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आफ्नै घरबाट लागूऔषध बिक्री–वितरण गर्दै आएको आशंका गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ।

