जलविरेमा तीन सवारी एकआपसमा ठोक्किए, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

by समतल अनलाइन
46Shares

चितवन । सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानैदेखि सञ्चालनमा आए पनि जलविरेमा दुर्घटना हुँदा पुनः अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार १० बजेदेखि यस सडकखण्डमा चल्ने सबै किसिमका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहान ७:१५ बजेदेखि सडक खुला गरिएलगत्तै जलविरेमा तीनवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा सडक अवरुद्ध हुन पुगेको हो।

अहिले सडकमा सवारीको चाप बढेकाले लेन अनुशासन पालना गर्न, तीव्र गतिमा ओभरटेक नगर्न र हतार नगरी सुरक्षित रूपमा सवारी चलाउन स्थानीय प्रशासन र ट्राफिक प्रहरीले चालकलाई आग्रह गरेका छन्। सडक खुलाउने प्रयास भइरहेको छ।

You may also like