22
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।
धनगढीदेखि दार्चुला जाँदै गरेकोे सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।
मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल छन् ।
घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप करिब ५०० मिटर तल खसेको जनाइएको छ ।

