बुटवल ।तिलोत्तामास्थित होटल पौवा, योगीकुटीमा रोट्रयाक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको ११औँ पदस्थापन, चार्टर डे तथा नेतृत्व हस्तान्तरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहमार्फत रोटरी वर्ष २०२६–२७ का लागि रोट्र्याक्टर श्रीधर केसी क्लबको ११औँ अध्यक्ष पदमा पदस्थापित भएका छन्। निवर्तमान अध्यक्ष रोट्र्याक्टर सिर्जना गिरीले पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै आफ्नो कार्यकाल औपचारिक रूपमा सम्पन्न गरेकी हुन्।

समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र बहादुर शाही रहेका थिए भने विशिष्ट अतिथि डिआरआर प्रकाश शर्मा, आईपिडिआरआर दिनेश गैरे, डिआरआर इलेक्ट गौरव सुवेदी, इन्टरयाक्ट डिष्ट्रिक्ट प्रतिनिधि, रोटरी क्लब अफ तिलोत्तमा–रुपन्देहीका अध्यक्ष, रोटेरियन राजेन्द्र ढकाल, क्लबका संस्थापक अध्यक्ष मोहन न्यौपाने, पीडिआरआर विक्रम क्षेत्री लगायत रोटरी तथा रोट्रयाक्टका पदाधिकारी, विभिन्न ब्रदर क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञानेन्द्र बहादुर शाहीले युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा सेवामूलक अभियानमा रोट्रयाक्टले निर्वाह गरिरहेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। त्यसैगरी डिआरआर प्रकाश शर्मा, आईपिडिआरआर दिनेश गैरे, डिआरआर इलेक्ट गौरव सुवेदी, रोटरी क्लब अफ तिलोत्तमा–रुपन्देहीका अध्यक्ष, रोटेरियन राजेन्द्र ढकाल, संस्थापक अध्यक्ष मोहन न्यौपाने, इन्टरयाक्ट डिष्ट्रिक्ट प्रतिनिधि तथा विभिन्न ब्रदर क्लबका अध्यक्षहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वले सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।
निवर्तमान अध्यक्ष रोट्र्याक्टर सिर्जना गिरीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने रोट्रयाक्ट डिष्ट्रिक्टका पदाधिकारी, क्लबका पूर्वअध्यक्ष, कार्यसमिति तथा सम्पूर्ण सदस्यहरूलाई मायाको चिनोद्वारा सम्मान गरिन्। साथै क्लबमा उत्कृष्ट योगदान पुर्याउने सदस्यहरूलाई उत्कृष्टता सम्मान प्रदान गरिएको थियो।सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै यस वर्ष छिमेकी क्लबका अध्यक्षहरूलाई प्रदान गरिने मायाको चिनोका लागि छुट्याइएको खर्च कटौती गरी उक्त रकम जेन–जेड आन्दोलनमा घाइते रोट्र्याक्टर अलिजा अधिकारीलाई सहयोगस्वरूप हस्तान्तरण गरिएको थियो। क्लबको यस निर्णयले उपस्थित सबैको प्रशंसा बटुलेको थियो।यसै अवसरमा क्लबको ११औँ चार्टर डे विशेष रूपमा केक काटेर मनाइएको थियो। साथै क्लबमा नयाँ सदस्यहरूको औपचारिक सदस्यता ग्रहण गराउँदै उनीहरूलाई रोट्रयाक्ट परिवारमा स्वागत गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष रोट्र्याक्टर श्रीधर केसीले आफ्नो कार्यकालका लागि वार्षिक कार्ययोजना सार्वजनिक गर्दै सदस्य विस्तार, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण, उद्यमशीलता तथा प्रभावकारी सामुदायिक सेवामूलक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबै सदस्यको साथ, सहकार्य र सक्रिय सहभागिताबाट क्लबलाई सेवामूलक गतिविधिमा अग्रणी तथा उत्कृष्ट क्लबका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रमको पहिलो सत्रको सञ्चालन रो.अर्जुन खड्काले गरेका थिए भने दोस्रो सत्रको सञ्चालन रो. पुजा गौतमले गरेकि थिइन । कार्यक्रममा स्वागत मन्तव्य रो.सुबास सापकोटा ले राखेका थिए भने धन्यवाद मन्तव् रो. अमृत खनाल ले व्यक्त गरेका थिए।उत्साह, सम्मान, नेतृत्व हस्तान्तरण, नयाँ सदस्यता ग्रहण, वार्षिक कार्ययोजना सार्वजनिक तथा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताबीच सम्पन्न उक्त समारोहले रोट्रयाक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीले नयाँ अध्यक्ष रोट्र्याक्टर श्रीधर केसीको नेतृत्वमा सेवा, नेतृत्व र परिवर्तनको यात्रालाई अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेको छ।

