धौलागिरी बहुउद्देश्यीय सहकारीद्धारा अस्पतालका विरामीलाई फलफूल वितरण

by समतल अनलाइन
28Shares

बुटवल । बुटवल ८ मा संचालित धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औँ स्थापना दिवसका अवसरमा आईतबार महिला बालवालिका तथा आम्दा अस्पताल बुटवलमा उपचाररत महिला तथा बालबालिकाहरुलाई फलफूल वितरण गरी स्वास्थ्य लाभको कामना गरिएको छ ।

सहकारीले सामाजिक उत्तरदाईत्व बहन गदै अस्पतालमा भर्ना भै उपचारार्थ विरामीलाई फलफुल प्रदान गरेको सहकारीका अध्यक्ष गोविन्द खनालले बताए । बुटवल ७ मा संचालित आम्दा अस्पतालमा सहकारीका संस्थापक अध्यक्ष रामकृष्ण खांणको प्रमुख आतिथ्यतामा विरामीलाई फलफुल बितरण गरिएको सचिव ठाकुर घिमिरेले बताए ।

अस्पतालका १ सय बढी बिरामीलाई फलफुल प्रदान गरिएको कार्यक्रममा सहकारीका सल्लाहकार युवराज गिरी,आर्थिक सल्लाहकार लक्ष्मण अर्याल, कानुनी सल्लाहकार शालिकराम बन्जाडे, अस्पतालका मेडिकल सुपरिटेन्ट डाक्टर विनोद पराजुली, अस्पतालका मेट्रोन कल्पना विक सहकारीका सञ्चालक ,शेयर सदस्य र कर्मचारीहरुको सहभागिता रहेको उपाध्यक्ष देव खनालले बताए ।

You may also like