बुटवल।सामरिक महत्व बोकेको बुटवलको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिकोे ३० औ स्थापना दिवस विविध कार्यक्रम गरि मनाईएको छ । शुक्रबार समितिको सभाहलमा भएको कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्ति मगरले उद्घाटन गर्दै नेपालको गौरव र सामरिक महत्वका सेनवंशिय दरबार तथा धार्मिक दृष्टिकोणबाट समेत ऐतिहासिक गाथासंग फुलबारी जोडिएको बताए । रुपन्देही नेपालकै एक नम्बरमा पर्ने सुविधासम्पन्न जिल्ला भएको दाबी गर्दैैै यस क्षेत्रको पर्यटकिय सौन्दर्य झल्किाउने गरि फुलबारी लिन सकिने उनले बताए ।
स्थापना दिवसको अवसरमा मणिमुकुन्द सेन उद्यानको ईतिहास र पर्यटकीय विषबस्तुलाई समेटेर तयार पारिएको स्मारिका बिमोचन गरिएको छ । यसैगरि उद्यानको विकासमा योगदान दिने पूर्वअध्यक्ष तथा समाजसेवीहरुलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान तथा बुटवल माबिमा १ लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । कार्यक्रममा विद्यालयका प्रअ होम बहादुर रायमाझीलाई सो रकमको चेक हस्तान्तरण गरिएको महासचिव युवराज घिमिरेले बताए ।
कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले फुलबारीको ईतिहासललाई थप उजगार गर्नसकेमात्र यसको प्रचारप्रसार हुने र पर्यटक भित्राउन सकिन सम्भावना रहेको बताए । फुलबारीका ईतिहासलाई लिपिबद्ध गर्ने गरि लेखक अध्यताहरुको सम्मेलन तथा एआई आईसिटि पार्क निमार्णमा पालिकाबाट आवश्यक सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए । यसैगरि फुलबारीको संरक्षण र विकासमा योगदान दिएका समाजसेवीहरु द्वारिका उदय र मुन्निलाल शाक्यको स्मृतिमा शालिक निमार्णमा समेत पालिकाबाट सहयोेग गर्ने उनले बताए ।
कार्यक्रममा उद्यानका पूर्वअध्यक्ष मोति ज्ञवाली, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, बुटवल उपमहानगरपालिका वडा नं २ का अध्यक्ष सुनिल शाक्य, बुटवल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बाबुराम पौडयाल, उद्यानका विशेष नेतृत्वकर्ता विष्णु खनालले उद्यानको विगत स्मरण गर्दै विभिन्न चरणमा भएको विकाससंगै पर्यटकिय स्थलका रुपमा परिचित गराउन सफल भएको बताए ।
अध्यक्ष माधव प्रसाद नेपालले उतारचणाव हुदै वर्तमान अवस्थामा आएको बताउदै सबै क्षेत्रको सहयोग र सहकार्य महत्वपूर्ण रहेकोे बताए । ईतिहास र पर्यावरण जोगाउने गरि अभियान आफुहरु चलाउन चाहेको उनले बताए ।

