डीआईजी भूपेन्द्र खत्रीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरी देशकै उत्कृष्ट

by समतल अनलाइन
41Shares

बुटवल। प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभर प्रथम स्थान हासिल गरेको छ।

प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति–सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी सेवा प्रवाहका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट घोषित भएको हो।

डीआईजी खत्रीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरीले प्रविधिमैत्री सेवा विस्तार, नागरिकसँगको विश्वास अभिवृद्धि तथा प्रभावकारी सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारमुखी तथा नवप्रवर्तनात्मक अभियान सञ्चालन गर्दै आएको छ।

प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, सेवा प्रवाहमा सुधार र जनमैत्री प्रहरी सेवामार्फत उत्कृष्ट कार्यसम्पादन गर्दै देशभरकै पहिलो स्थान हासिल गर्न सफल भएको जनाएको छ।

You may also like