शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम

by समतल अनलाइन
20Shares

बुटवल। मानव अधिकार तथा शान्ति समाज, जिल्ला शाखा रुपन्देहीको आयोजनामा राष्ट्रसंघीय यातना पीडितहरूको सहायतार्थ दिवस तथा लागुऔषध दुव्र्यसनविरुद्ध अन्तर्राष्ट्रिय दिवस को अवसरमा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार बिहान बुटवल स्थित स्कोलर्सहोम कलेज, इट्टाभट्टीमा आयोजित कार्यक्रममा यातना उन्मुलन र लागू औषध दुव्र्यसनविरुद्ध शान्ति समाजको अवधारणा प्रस्तुत गरिएको थियो। सो सम्बन्धमा रहेर मानव अधिकार संरक्षण, यातना उन्मूलन तथा लागुऔषध एवं मदिरा दुव्र्यसन न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमका जिल्ला सभापति अर्जुन ज्ञवालीले यातना कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य अभ्यास भएको उल्लेख गर्दै मानव अधिकारको सम्मान, कानुनी शासनको प्रभावकारी कार्यान्वयन तथा पीडितलाई न्याय र पुनःस्थापनाको सुनिश्चितता आवश्यक रहेको धारणा व्यक्त गरे। त्यस्तै उहाँले पछिल्लो समय विशेषगरी युवापुस्तामा बढ्दो लागुऔषध तथा मदिरा दुव्र्यसनले समाजमा गम्भीर सामाजिक, आर्थिक र स्वास्थ्यसम्बन्धी समस्या सिर्जना गरिरहेको भन्दै परिवार, विद्यालय, समुदाय तथा राज्यका सबै निकायले संयुक्त रूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्कोलर्स कलेजका विद्यार्थी, शिक्षक, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मानव अधिकारको संरक्षण, यातनामुक्त समाज निर्माण तथा लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कलेज प्राध्यापक राम बहादुर रोक्काले निकै महत्त्वपूर्ण कार्यक्रम गरेकोमा शान्ति समाजको प्रसम्सा गर्दै सिकेको कुरा व्यबहारमा लागुगर्नुपर्नेमा जोड दिए ।

जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा सचिव लिलाधर लुइँटेलको संचालन सम्पन्न भएको कार्यक्रममा मोहनीलाल न्यौपाने, अर्जुन कुवरलगायतले बोलेका थिए । ।

सहभागीहरुले कार्यक्रमबाट आफुहरुले यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध बारे कारण, समस्या र समाधानको जानकारी पाएको बताएका थिए।

You may also like