68
बुटवल । बुटवल उपमहानगरपालिका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा गएको खुलेको छ ।
रास्वपाले कर्मचारीहरुलाई पार्टीमा आवद्द नगराउने बताउँदै आएको छ । तर, बुटवल उपमहानगरपालिकाको भवन निर्माण महाशाखामा कार्यरत प्राविधिक तर्फका अधिकृत आठौँ रहेका श्रेष्ठ महाधिवेशनमा गएका हुन् ।

श्रेष्ठ महाधिवेशनमा गएको फोटो प्राप्त गरेता पनि ग्लोबल आवाजसँगको फोन सम्पर्कमा आफु महाधिवेशनमा नगएको दाबी गरे ।


