आज राति कोशी र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने

by समतल अनलाइन
38Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको कोशी प्रदेशका केही भू-भागमा मनसुनी प्रभाव रहेको छ र अन्य भू-भागमा स्थानीय वायू तथा पूर्वीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू-भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भागका केहि स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ ।मधेश प्रदेश र अन्य हिमाली र पहाडी भू-भागमा आंशिक बादल तथा अन्य तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेशमा एक-दुई स्थान र कोशी प्रदेशको तराईका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

You may also like