बुटवल ।रोटरी क्लब अफ बुटवल डाउनटाउनको रोटरी वर्ष २०२५–२६ को छैटौं तथा रोटरी वर्ष २०२६–२७ को पहिलो क्लब एसेम्बली सम्पन्न भएको छ । क्लब सचिवालय हिलपार्कमा शुक्रबार भएको एसेम्बलीमा रोटरी वर्ष २०२५–२६ अध्यक्ष बाबुराम बन्जाडेले आफ्नो कार्यकालमा भएका कार्य प्रगति विवरण प्रस्तुत तथा सोको समिक्षा समेत गरिएको छ । कार्यक्रममा रोटरी वर्ष २०२६–२७ का लागि क्लबका एजी नुमालाल पौडेलले सबैको मुखमा हासो ल्याउने गरि रोटरी विश्वमा नै अभियानहरु चलाउदै आएको बताए ।
यस्ता अभियानमा सहभागी भएर योगदान दिन पाउनु गर्विलो विषय भएको भन्दै बढीभन्दा बढी सामाजिक कार्यका योजनाहरु गर्न आग्रह गरे ।

कार्यक्रममा रोटरी वर्ष २०२६–२७ को पहिलो क्लब एसेम्बलीमा अध्यक्ष धर्मदत्त ज्ञवालीले नया बोर्ड फर्मेसन तथा वार्षिक योजना पेश गरे । आफनो कार्यकालमा क्लबमा अक्षयकोषको अवधारणालाई सार्थकता दिने बताए । सोही अक्षयकोषको ब्याज रकमबाट क्लबबाट गरिने विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने उनले बताए । वर्षभरि गर्ने योजनाहरुबारे जानकारी दिदै उनले मानसिक स्वास्थ्य, महिलाहरुको पाठेघरको परिक्षण जस्ता स्वास्थ्य क्षेत्र, रोटरीयन र ननरोटरियन अन्तरक्रिया, शान्ति र द्धन्द्धको विषयमा अन्तरक्रिया, महिला उद्यमशिता, चाईलड हेल्थ, विद्यालयस्तरमा बक्तित्वकला प्रतियोगिता लगायत गर्ने बताए ।
कार्यक्रममा वर्ष २०२५–२६ का क्लब एजी शिव प्रसाद गौडेल, पूर्व अध्यक्ष राजेन्द्र ढकाल, जिवन अधिकारी, पिताम्बर ज्ञवाली, ईन्नरह्वील क्लब अफ जितगढीका अध्यक्ष दिल कुमारी भट्टराईले अक्षयकोषको अवधारणालाई नबिनतम भएको भन्दै अझ रचनात्मक कार्यहरुमा सधै साथ दिने प्रतिद्धता जनाए ।


