नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर

by समतल अनलाइन
27Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित श्री जय भवानी माध्यमिक विद्यालयअन्तर्गतको बालविकास केन्द्रमा कार्यरत एक सहयोगी कार्यकर्तामाथि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

अनुसन्धानका क्रममा बिना कुमारी राईले बालविकास सहजकर्ताको पदमा नियुक्ति लिनका लागि कक्षा ८ र एसएलसीको नतिजापत्र तथा चरित्र प्रमाणपत्र नक्कली पेस गरेको पुष्टि भएको अख्तियारले बताएको छ ।

उक्त झुट्टा कागजातका आधारमा उनले सरकारी सेवा सुविधा र लाभ लिएको निष्कर्ष निकाल्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बताएको छ ।

You may also like