रोल्पामा बोलेरो जिप दुर्घटना, तीन जनाको मृत्यु

by समतल अनलाइन
49Shares

रोल्पा।रोल्पामा बिहीबार बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। माडी गाउँपालिका–२ घर्ती गाउँको व्याङखोलास्थित सडकमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा दुई जना पुरूष र एक जना महिला रहेको र उनीहरूको पहिचान नखुलेको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दुर्घटनामा परेको बोलेरोमा जस्ता पाता, पाइप लगाएका सामग्री फेला परेको छ ।

You may also like