55
काठमाडौं । प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद आशिका तामाङ आक्रोशित रुपमा प्रस्तुत भएकी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रुपमा संसदमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिएपछि बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्ति गरेपछि रास्वपा सांसद आक्रोशित भएकी हुन् ।
उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरु ज्वाला संग्रौला, भूमिका श्रेष्ठ, गणेश पराजुली लगायतले रोकेर संसदको हलबाट बाहिर लागेका छन् ।


