44
काठमाडौं । शनिबार देशभर सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। केही उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्छ।
त्यस्तै मधेश प्रदेशसहित तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा र हावाहुरीको सम्भावना रहेको बताइएको छ। मौसमविद्हरूले विशेषगरी खुला स्थानमा सावधानी अपनाउन आग्रह गरेका छन्।
शनिबार रातिदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली कायम रहनेछ भने अन्य क्षेत्रमा मौसम क्रमशः खुल्दै जाने अनुमान गरिएको छ।


