प्राथमिकताका साथ गणित विषय पढाइने

by समतल अनलाइन
85Shares

काठमाडौं। प्रविधिको युगलाई मध्यनजर गर्दै सरकारले गणित विषयलाई प्राथमिकताका साथ विद्यालयमा अध्ययन गराइने बताएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले भनेका छन्, ‘आइटी क्षेत्रको विकास विना देशको विकास असम्भव छ । त्यसको लागि विद्यार्थी गणित विषयमा अब्बल बनाउनुपर्ने हुन्छ । त्यसकारण प्राथमिक तहदेखि नै विद्यार्थीलाई गणितमा रुचि जगाउन आवश्यक छ । त्यसको लागि सरकारले पहल गर्नेछ ।’

You may also like