50
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् ।
उनी समारोहमा सहभागी हुने भए पनि सम्बोधन भने नगर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले शीतल निवासमा पत्र पठाएका थिए ।
यस वर्षको गणतन्त्र दिवस समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसअघि भने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले नै सम्बोधन गर्ने गरेका थिए ।


