261
काठमाडौं। जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (शुक्रबार) दुई खेल हुँदैछ । पहिलो खेलमा पोखरा पल्टन र बुटवल ब्लासटर्स तथा दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे शुरु हुनेछ । जहाँ पोखरा र वुटबल भिड्नेछन् ।
साविक विजेता पोखरा ३ खेलमा १ जित निकाल्दै तालिकाको चौथो स्थानमा छ । बुटवल २ खेलमा १ मा जित निकाल्दै तालिकाको पुछारमा छ ।