पहिलो पाइला नेपाल बुटवलको नयाँ नेतृत्व चयन, अध्यक्षमा गौरव खनाल

by समतल अनलाइन
90Shares

बुटवल।सामाजिक क्षेत्रमा सक्रिय संस्था ‘पहिलो पाइला नेपाल बुटवल’को छैटौँ अधिवेशनबाट गौरव खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्वितीय उपाध्यक्षमा नरेश न्यौपाने, सचिवमा सन्तोष सुनार, सहसचिवमा रक्षा न्यौपाने, कोषाध्यक्षमा विकास पौडेल तथा सहकोषाध्यक्षमा प्रकाश जिसी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा युवराज डुम्रे, सुनिता पन्थी, सुरज भुसाल, तुल्सिराम खनाल, अञ्जन खनाल, संविधान पौडेल, युवराज ज्ञवाली र मनिषा यादव चयन भएका छन् ।

अधिवेशनको उद्घाटन वरिष्ठ पत्रकार टिकाराम यात्रीले गरेका थिए । कार्यक्रममा बोल्दै उनले पहिलो पाइला नेपालले समाजमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे । सामाजिक सेवामा निरन्तर सक्रिय रहन आग्रह गर्दै उनले दीर्घकालीन सोच, स्पष्ट योजना र जिम्मेवार कार्यशैलीसहित अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

You may also like