श्रम संस्कृति पार्टीमा कुलमान पनि ल्याउने सङ्केत

by समतल अनलाइन
91Shares

काठमाडौँ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वमन्त्री सुदन किरातीलाई आफ्नो पार्टीमा स्वागत गर्दै कडा राजनीतिक टिप्पणी गरेका छन्। किरातीको पार्टी प्रवेशलाई लिएर आलोचना गर्नेहरूलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

किरातीलाई पार्टीमा भित्र्याउँदा विरोधीहरूमा डाह र ईर्ष्या बढेको दाबी गर्दै साम्पाङले भविष्यमा कुलमान घिसिङजस्ता व्यक्तित्वलाई पनि पार्टीमा ल्याउन सक्ने सङ्केत गरेका छन्। उनले लेखेका छन्, ‘सुदन जी लाई श्रम संस्कृतिमा स्वागत गर्दा डाह गर्नेहरू कुलमान जी लाई ल्याएको दिन ढल्छन् होला डाह र ईर्ष्याले’

हर्क साम्पाङ र सुदन किरातीबिचको यो सहकार्यले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको बहस सुरु गरेको छ। विशेषगरी विकासप्रेमी र श्रमलाई प्राथमिकता दिने छवि बनाएका व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याउने साम्पाङको प्रयासले अन्य राजनीतिक दलहरूमा पनि हलचल पैदा गरेको देखिन्छ।

साम्पाङको यो पछिल्लो अभिव्यक्तिले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि राजनीतिमा आउन वा आफ्नो पार्टीसँग जोडिन आह्वान गरेको रूपमा कतिपयले विश्लेषण गरेका छन्। यद्यपि, यसबारे थप औपचारिक जानकारी भने बाहिर आउन बाँकी छर्।

You may also like

This will close in 0 seconds