हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

by समतल अनलाइन
31Shares

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको सैद्धान्तिक सहमति भएको छ ।

हर्क र सुदनबीच विभिन्न चरणमा भएको छलफलले गएराति एकताको रुप लिएको हो । सहमति अनुसार सुदनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइनेछ ।

एकताबारे आज दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराइने सुदनका सहयोगी हेमन्त किरातीले जानकारी दिए ।

उनीहरुबीच वैचारिक र सैद्धान्तिक विषयमा भने छलफल जारी रहेको बताइएको छ ।

पूर्व माओवादी नेतासमेत रहेका किराती नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका थिए ।

गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि उनले प्रलोपाको साधारण सदस्यता समेत त्यागेका थिए । त्यसमा उनी पाँच सदस्यीय अध्यक्ष परिषदको सदस्य थिए ।

You may also like

This will close in 0 seconds