कपिलवस्तुको गोरुसिङेमा पहिलो पाइला नेपाल बुद्धभूमि शाखाको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

by समतल अनलाइन
28Shares

बुद्धभूमि।सामाजिक सेवामा सक्रिय संस्था पहिलो पाइला नेपाल बुद्धभूमि शाखाले गोरुसिङेमा दोस्रो शाखा अधिवेशन सम्पन्न गरेको छ।

कार्यक्रम शाखा अध्यक्ष राम बृक्ष चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने केन्द्रीय महासचिव पारस मरासिनी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

सामाजिक व्यक्तित्व निरज शर्मा र कृष्ण भुषालको आतिथ्यता रहेको कार्यक्रममा समुदायका विभिन्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।

अधिवेशनको सञ्चालन सचिव दिलिप थारुले गरेका थिए भने गंगा बन्जाडेले स्वागत मन्तव्य राखेकी थिइन्।

प्रमुख अतिथि पारस मरासिनीले संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउने काम गरिरहेको उल्लेख गर्दै स्थानीय तहसम्म सामाजिक अभियान विस्तार गर्नु आजको आवश्यकता रहेको बताए।

उनले युवाहरूलाई सामाजिक सेवामा जोडिन आग्रह गर्दै संस्थाले देखाएको सक्रियता प्रशंसनीय रहेको धारणा राखे।

त्यसैगरी अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ। जसअनुसार अध्यक्षमा राम बृक्ष चौधरी, उपाध्यक्षमा गंगा बन्जाडे, सचिवमा दिलिप थारु र कोषाध्यक्षमा सुदिप मरासिनी निर्वाचित भएका छन्। कार्यसमिति सदस्यहरूमा सुजन गुरुङ, हेमन्त दर्जी, निरज बन्जाडे, प्रकाश बेल्बासे र उषा पोखरेल चयन भएका छन्।

कार्यक्रममार्फत पुरानो कार्यसमितिबाट नयाँ नेतृत्वलाई औपचारिक रूपमा पद हस्तान्तरण गरिएको छ। नवनिर्वाचित टोलीले सामाजिक कार्यलाई अझ प्रभावकारी, व्यवस्थित र समुदायमुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

You may also like