लालपूर्जा भएको पक्की घर पनि भत्काउन थालियो

by समतल अनलाइन
76Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ ।

सरकारले नदी किनारका सुकुम्वासी बस्ती हटाउन डोजर चलाउन थालेपछि धोबीखोला करिडोरका बासिन्दाले भित्तामा लालपुर्जा टाँसेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार, छानबिनका लागि खटिएको सरकारी टोलीले मापदण्ड विपरितको घरहरू भएको भन्दै भत्काउन निर्देशन दिएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश प्रकाश खरेलको इजलासले संरचना नभत्काउन आदेश दिएको भए पनि त्यसको अवज्ञा गरिएको स्थानीय बासिन्दाको भनाइ छ।

You may also like