बुटवल । देवदह क्षेत्रमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय पदम रायमाझी र मध्यविन्दु नगरपालिका–१०, अरुणखोला निवासी ६० वर्षीया रानी कुमारी खत्री रहेका छन्।
प्रहरीका अनुसार बुटवलबाट बर्दघाट जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रोबस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बा.प्र–०१००६ ख ८९२६ नम्बरको ईभी माइक्रो बिहान करिब ९:३० बजे एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
घाइते २७ जनाको देवदह मेडिकल कलेज मा उपचार भइरहेको अस्पतालले जनाएको छ।
घाइतेहरूको विवरण:
मुना खनाल (२६), कल्पना श्रेष्ठ (३६), रेमा कुमारी बलाल (३३), रामकला (७०), इन्द्रकला अधिकारी (५९), नेत्र प्रसाद भट्टराई (४६), प्रतिज्ञा रिमाल (३३), सिम्रन अधिकारी (१७), प्रभास सुवेदी (८), प्रतिक्षा सुवेदी (१६), मधुसुधन लामिछाने (३८), राधिका भट्टराई (३८), सुरज भट्टराई (१७), गंगा खत्री (२६), प्रसंसा भट्टराई (११), एविस्का भट्टराई (१६ महिना), आकांक्षा तिवारी (२४), मिन बहादुर सार्की (४७), राम सुरत (५६), प्रकृति आचार्य (१०), भगवती अधिकारी (६०), कल्पना श्रेष्ठ (४५), साइमन श्रेष्ठ (९), दुर्गा पाण्डे (विवरण नखुलेको), इन्द्रमणि सुवेदी (४४), प्रतिक्षा रिमाल (३३), खिमराज चौधरी (४३)।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




