कपिलवस्तुमा ट्रकमा स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु

by समतल अनलाइन
80Shares

हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपराहवामा रोकी राखिएको ट्रकमा भारतीय नम्बर प्लेटको स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार राति करिब ९ बजे बहादुरगञ्जबाट तौलिहवा तर्फ जाँदै गरेको युपी ३२ सिए ८३४३ नम्बरको स्कार्पियो सडक किनारमा रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकसँग ठोक्किएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका महाराजगञ्ज नगरपालिका–११ बनगाईका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

यसैगरी, दुर्घटनामा घाइते भएका महाराजगञ्ज नगरपालिका–११ बनगाईका ६५ वर्षीय नन्द प्रसाद दुबे, शिवराज नगरपालिका–१० लालपुरका २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

You may also like