मेघगर्जन र चट्याङसहित वर्षा: पूर्वतर्फ सर्दै मौसम प्रणाली, सतर्कता अपनाउन आग्रह

by समतल अनलाइन
73Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जनाएको छ।

विभागका अनुसार हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।यो मौसम प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आसपासका क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

You may also like