तिलोत्तमाको जानकिनगरस्थित सुन्दर मोटरसाइकल वर्कसप मा निःशुल्क सर्भिस क्याम्प सुरु

by समतल अनलाइन
53Shares

जानकिनगर । जानकिनगरस्थित सुन्दर मोटरसाइकल वर्कसप मा तीन दिने निःशुल्क मोटरसाइकल सर्भिस क्याम्प सुरु गरिएको छ। वैशाख १० गतेदेखि सुरु भएको क्याम्प वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ।

उक्त क्याम्प नेपाल लुब आयल र न्यु भैरव लुब्रीकेसन को संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ।

कार्यक्रमका क्रममा नेपाल लुब आयलका सन्तोष न्यौपाने ले सडक सुरक्षामा खटिएका १० जना ट्राफिक प्रहरीलाई निःशुल्क मोटरसाइकल सर्भिससँगै ‘गोल्फ’ ब्रान्डको इन्जिन आयल प्रदान गरिएको जानकारी दिनुभयो। यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने उहाँको भनाइ छ।

त्यसैगरी, न्यु भैरव लुब्रीकेसनका सञ्चालक कृष्ण भुर्तेल ले आधुनिक प्रविधि, उच्च गुणस्तर र प्रभावकारी सेवामार्फत लुब्रिकेशन क्षेत्रमा नवीनता ल्याउने लक्ष्य रहेको बताउनुभयो। बजारको आवश्यकता अनुसार ग्राहकसँग सहकार्य गर्दै अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

You may also like

This will close in 0 seconds