332
			
		
		
			
            
				            
			
			        
    दमौली । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो । बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले बताएका छन् ।
बालिकालाई क्षतिपूर्ति बापतको जरिवाना अभियुक्त थापाबाट नै भराउने अदालतको फैसला छ । गत साउन १ गते बालिकालाई बलात्कार गरेको अभियोगमा थापा साउन २ गते पक्राउ परेका थिए । उनी साउन २४ गतेदेखि पुर्पक्षको लागि जिल्ला कारागारमा थुनामा थिए ।
 
			        

 
												 
														

