सञ्चार मन्त्रालयले भन्यो- हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्नू

by समतल अनलाइन
58Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरू प्रकाश तथा प्रशारण भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो ।

यस्ता कपोकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको छ । सरकारले यस प्रकारका भ्रामक सूचना सामग्री सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आधारहीन, मिथ्या र भ्रामक सूचना प्रकाश तथा प्रशारण गरिएको पाइएमा त्यसता समाचार वा सूचना प्रकाश गर्ने व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने व्यहोरासमेत अवगत गराइन्छ ।’

You may also like

This will close in 0 seconds