रूपन्देही उद्योग संघमा नयाँ वर्षको शुभकामना आदानप्रदान संस्थागत , विकास र औद्योगिक उन्नतिमा जोड

by समतल अनलाइन
60Shares

बुटवल ।रूपन्देही उद्योग संघले नयाँ वर्ष २०८३ साल पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वअध्यक्षहरु, सल्लाहकार, पदाधिकारी,कार्यसमिति सदस्यज्यूहरु, संस्थागत सदस्य तथा वस्तुगत समिति संयोजकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम महासचिव सुमन बस्यालले सञ्चालन गर्नु भएको थियो भने प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सहभागीहरूले नयाँ वर्षमा बाँकी रहेका अधुरा काम पूरा गर्दै उद्योग क्षेत्रको विकास, उद्यमीको हित संरक्षण तथा औद्योगिक वातावरण सुधारमा संस्थागत अभियानलाई निरन्तरता दिनुपर्ने र आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

वक्ताहरूले औद्योगिक क्षेत्रमा देखिएका कच्चा पदार्थको अभाव, ऊर्जा आपूर्तिको अनिश्चितता, बढ्दो उत्पादन लागत, बजार विस्तारको चुनौती, बैंकिङ ब्याजदर तथा नीतिगत असहजता जस्ता समस्याको समाधानका लागि संघले थप सक्रिय पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो । साथै संस्थागत विकासलाई थप मजबुत बनाउँदै उद्योगमैत्री वातावरण सिर्जना गर्न संघले सरोकारवालासँग समन्वय बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले एक–अर्काबीच शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष २०८३ मा अधुरा रहेका योजनाहरू पूरा हुने, उद्योग क्षेत्र थप सुदृढ हुने र आर्थिक गतिविधि विस्तार हुने कामना गर्नुभएको थियो ।

संघले आगामी दिनमा उद्योगी–व्यवसायीका समस्या समाधान, नीति सुधारका लागि पैरवी, औद्योगिक प्रवद्र्धन तथा रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता रहने जनाएको छ ।

You may also like