मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक: ९० लाख बैंक मौज्दात, विभिन्न जिल्लामा जग्गा

by समतल अनलाइन
26Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात तथा सहकारी विकास मन्त्री सुनिल लम्सालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार उनको नाममा बैंकमा करिब ९० लाख रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ।

सम्पत्ति विवरणमा मन्त्री लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको जनाइएको छ।

अचल सम्पत्तितर्फ उनले परिवारका सदस्यहरूको नाममा विभिन्न जिल्लामा जग्गा तथा घर रहेको उल्लेख गरेका छन्। विवरणअनुसार रुपन्देहीमा १ कठ्ठा १० धुर क्षेत्रफलमा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत तथा २२ रोपनी बारी रहेको जनाइएको छ।

You may also like