28
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
आइतबार सार्वजनिक सम्पत्ति विवरणमा काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेक उल्लेख छ । उनले यी जग्गा खरिको स्रोत श्रीमान्को आय भनेकी छन् ।
त्यस्तै आफूसँग २५ तोला सुन रहेको र स्रोत स्वआर्जन तथा परिवारको उपहार भनेकी छन् ।उनले विभिन्न बैंकमा २४ लाख रुपैयाँ बढी रकम बचत रहेको र उक्त रकम श्रीमानको आयबाट भएको उल्लेख गरेकी छन् ।
उनले २० लाख रुपैयाँ एभरेष्ट बैंकबाट २०८२ साल जेठमा ऋण लिएको पनि उल्लेख गरेकी छन् । त्यस्तै ४४ लाखको गाडी पनि रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।



