मन्त्री सीता वादीको सम्पत्ति विवरण सार्वजनिक, २० कुखुरा र एउटा कुकुरसमेत सूचीमा

by समतल अनलाइन
75Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग नगद तथा बैंक मौज्दातदेखि लिएर घरपालुवा जनावरसम्म रहेको विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको विवरण अनुसार मन्त्री वादीसँग २० वटा कुखुरा र एउटा कुकुर रहेको छ।

यस्तै, उनको नाममा एउटा स्कुटर, तीन वटा ल्याप्टप र दुई वटा मोबाइल फोन रहेको उल्लेख गरिएको छ। उनका श्रीमानसँग भने पल्सर मोटरसाइकल रहेको विवरणमा जनाइएको छ।

आर्थिक पक्षतर्फ, मन्त्री वादीसँग नगद ५० हजार रुपैयाँ रहेको छ भने बैंकमा उनी र उनका श्रीमान्‍को नाममा जम्मा १५ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, मन्त्री वादीसँग १८ तोला सुन र १५ तोला चाँदी रहेको छ, जुन विवाहको अवसरमा प्राप्त भएको सम्पत्ति भएको विवरणमा जनाइएको छ। अचल सम्पत्तितर्फ, मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गा रहेको उल्लेख गरिएको छ।

You may also like