परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५ तोला चाँदी, सम्पत्ति विवरण सार्वजनिक

by समतल अनलाइन
59Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार खनालसँग घरजग्गा, सेयर लगानी, नगद तथा सवारी साधनसहित विविध सम्पत्ति रहेको देखिएको हो ।

नगद तथा जिन्सी सम्पत्तितर्फ खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ भने १० लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख छ।

विवरण अनुसार काठमाडौँ महानगरपालिका–१० टोखामा ६ आना क्षेत्रफलमा बनेको एक घर मन्त्री खनालको नाममा रहेको छ। तनहुँको भानुमा १५ रोपनी पुर्ख्यौली जग्गा, नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी जग्गा तथा बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ ।

उनले पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा शतप्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत शेयर स्वामित्व राखेका छन् । यसका साथै बीपीडब्ल्यू लघुवित्त, ओम मेघश्री फर्मास्युटिकल्स, ग्लोबल आइएमई बैंक लगायत विभिन्न जलविद्युत तथा सार्वजनिक कम्पनीहरूमा समेत उनको लगानी रहेको उल्लेख गरिएको छ ।

You may also like