होर्मुज जलमार्गलाई लिएर अमेरिका–इरानबीच नयाँ तनाव

by समतल अनलाइन
83Shares

काठमाडौँ। अमेरिका र इरानबीचको अस्थायी युद्धविरामको प्रमुख सर्त मानिएको होर्मुज जलमार्गलाई लिएर दुई देशबीच नयाँ विवाद उत्पन्न भएको छ।

विवादको केन्द्रमा रहेको यो जलमार्गबाट जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने विषयलाई लिएर दुबै पक्षले फरक–फरक दाबी गरेका छन् ।

इरानी संसदका उपाध्यक्ष हाजी बाबाईले होर्मुज जलमार्ग पूर्ण रूपमा इरानको नियन्त्रणमा रहेको दाबी गर्दै यस मार्ग प्रयोग गर्ने जहाजहरूले अब इरानी मुद्रा रियालमा टोल ट्याक्स तिर्नुपर्ने बताएका छन्। उनले होर्मुज जलमार्गलाई इरानको संवेदनशील सीमा क्षेत्रका रूपमा व्याख्या गरेका छन्।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत होर्मुज जलमार्ग छिट्टै खुल्ने दाबी गरेका छन्। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार दुई जलयुद्धपोतले जलमार्ग पार गरेका छन् र त्यहाँ राखिएका विस्फोटक सामग्री हटाउने काम सुरु गरिएको छ।

इरानले भने अमेरिकी जहाजहरू जलमार्गमा प्रवेश गरेको दाबी अस्वीकार गरेको छ।

You may also like