64
काठमाडौं।प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई गाली गरेका सामग्री युटुबमा प्रसारण गरेको आरोपमा पाँचथरबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल रहेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
हाल उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।



