27
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुख बन्न लागेको रुबी कुमारी ठाकुरलाई अब तिमि पुरै देशको भएको बताउदै जन्मदातालाई नबिर्सिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै साम्पाङले असल काम गरेर देखाएपछि आफुले बधाई दिने भन्दै अब पुरै देशको बन्ने र जरालाई नबिर्सिन सुझाव दिएका हुन् ।
उनले भनेका छन्- ‘बधाइ दिनेछैन म तिमीलाई किनकि असल काम गरेर देखाए पछि मात्रै म बधाइ दिने गर्छु ! कार्यकाल भरि पार्टीकी रहनेछैनौ अब ! तिमी पूरै देशकी बन्नेछौ ! आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु ! जरालाई बिर्सने वृक्ष सुकेर जानेछ !’





