55
बुटवल । वर्षाका कारण दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्डमा बर्षापछि सडक हिलो र चिप्लो हुँदा सडक अवरुद्ध भएको हो ।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै सडक चिप्लो भई सवारी साधन सडक फसेका कारण यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जानकारी दिएको छ । प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।
बुटवल-नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुदै आएको छ ।





