जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ बथनाहा गाउँमा मंगलबार बिहान दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ।
दुर्घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिएका छन्।
प्रहरीका अनुसार हालसम्म मृतक तथा घाइतेहरूको नाम, थर र ठेगाना खुल्न सकेको छैन। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेट समेत पहिचान गर्न नसकिने अवस्थामा रहेको बताइएको छ।
मंगलबार बिहान विपरीत दिशाबाट आएका मोटरसाइकलहरू आपसमा ठोक्किएपछि आगलागी भएको थियो। आगलागीका कारण तीन जना विद्यार्थीको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरू एसइई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको खुलेको छ।
घाइते तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको





