बुटवल । भारतको विहारस्थित पटनामा भएको अन्तर्राष्ट्रिय ज्योतिष तथा तन्त्र सम्मेलनबाट गुल्मी रेसुङ्गाका कान्छाज्योतिष पाण्डेलाई सम्मान गरिएको थियो । पाण्डे कुलदेव ज्योतिष तथा वास्तु परामर्श सेवा प्रा.लि. का संस्थापकसमेत हुन् ।
कार्यक्रमका प्रमुख अतिथि ग्रामीण कार्य बिभागका मन्त्री डा. अशाोक चौधरीले कान्छा ज्योतिष पाण्डेलाई सम्मान गर्दै योगदानको प्रशंसा गरे ।
बहुआयामिक धार्मिक व्यक्तित्व पाण्डेले आफ्नो ज्ञान र साधनामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदानगर्दै आएका छन् । आफ्नो बुबा, हजुरबुबा र विशेष गरी कुलगुरुको संगत र सिकाइमा हुर्कंदै उनले मात्र १३ वर्षकोकलिलो उमेरदेखि नै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गरेका थिए ।
ज्योतिष पाण्डेको विशेषज्ञता नेपालमा मात्र नभएर विश्वभर छरिएर रहेका नेपाली तथा विदेशीहरूमाझ समेतफैलिएको छ । उनले हजारौंलाई आफ्नो तान्त्रिक तथा ज्योतिषीय परामर्शबाट लाभान्वित गराएका छन् ।
झन्डै एक दशकदेखि ज्योतिष, वास्तु तथा तन्त्र क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएका ज्योतिष पाण्डेले दर्जनौंसामाजिक तथा धार्मिक संघसंस्थाहरूमा पनि आबद्ध रहँदै आएका छन् ।
पटनामा भएको अन्तर्राष्ट्रिय ज्योतिष तथा तन्त्र सम्मेलनमा नेपाल र भारतसहित विभिन्न देशका प्रतिनिधिहरुकोसहभागिता रहेको थियो ।
विहार संस्कृत शिक्षाबोर्डका अध्यक्ष मृत्यून कुमार झाको अध्यक्षतामा कार्यक्रम भएको थियो । भने कार्यक्रम समापनका प्रमुख अतिथि भारतका विधान सभाका सभापति अवधेश नारायण सिंह थिए ।





