युवा ज्योतिषी पौडेल भारतमा पराशर अवार्ड-२०८२ बाट सम्मानित

by समतल अनलाइन
52Shares

पटना। नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव समेत रहेका युवा ज्योतिषी शिवलाल पौडेल भारतको पटनामा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र-सम्मेलन २०८२ को अवसरमा पराशर अवार्ड २०८२ बाट सम्मानित भएका छन् ।

अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नम्बर ०६ धातिवाङ्ग स्थायी निवास भै हाल काठमाडौँमा बस्दै आएका पौडेल नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट फलित ज्योतिष विषयमा स्नातकोत्तर आचार्य तह उत्तीर्ण गरेका छन् ।

नेपालमा ज्योतिषी संघसंस्थाहरुमाझ निकै नै लोकप्रीय पौडेल नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको सदस्य,  संगठन सचिव, लुम्बिनी प्रदेश पार्षद सदस्य, केन्द्रीय पार्षद सदस्य, केन्द्रीय सदस्य, प्रवक्ता हुँदै अहिले सचिव पदको जिम्मेवारीमा छन् ।

उनले सम्मान ग्रहण गरेपछि पौडेलले आगामी दिनमा ज्योतिषशास्त्रको अध्ययन अनुसन्धान संरक्षण र प्रचारप्रसारमा थप जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् ।

You may also like

This will close in 0 seconds