पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा/हिमपातको सम्भावना

by समतल अनलाइन
54Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानहरू, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू तथा लुम्बिनी, बागमती र कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/ सहित हल्का वर्षा/हिमपात भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

You may also like