शनिबार–आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सोमबारदेखि लागू

by समतल अनलाइन
99Shares

काठमाडौं । सरकारले इन्धन संकटलाई मध्यनजर गर्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिनेछ ।

You may also like