जबरजस्ती करणी अभियोगमा रूपन्देहीसहित तीन जिल्लाबाट तीन जना पक्राउ

by समतल अनलाइन
87Shares

काठमाडौं । रूपन्देहीसहित देशका तीन जिल्लाबाट जबरजस्ती करणी अभियोगमा तीन जना पुरुष पक्राउ परेका छन्।

रूपन्देहीको कञ्चन गाउँपालिका–१ का ४२ वर्षीय मन बहादुर थारू १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्। पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, प्युठानको सरूमारानी गाउँपालिका–१ फर्सावाङका ३२ वर्षीय तिलक विश्वकर्मालाई १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ। प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको टोलीले उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।

उता उदयपुरमा पनि १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उदयपुरगढी गाउँपालिका–७ हाडेबासका २० वर्षीय बिपु परियार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

तीनै घटनाबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान अगाडि बढाएको बताएका छन्।

You may also like